३० मङ्सिर, झापा । प्रथम झापा कप फुटबल प्रतियोगितामा आज राष्ट्रिय जागृति क्लब इटहरीले आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोलले हराएको छ । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको खेलमा राष्ट्रिय जागृतिका मिलन राईले नै दुई गोल गरे ।
यो जीतसँगै राष्ट्रिय जागृति क्लब इटहरी क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित आयोजक झापा–११ प्रतियोगिताबाट बाहिरिएको छ । भोलि हुने पहिलो क्वारफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सलहेस फुटबल क्लब सिरहाबीच खेल हुने आयोजकले जनाएको छ ।
पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।