Sunday, November 17, 2024

चीनमा एक जना विद्यार्थीले कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको ज्यान गयो

spot_img

२ कात्तिक ।  चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी हुन् ।

यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय