संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आउनुभएका आइमार्ट लजिस्टिकका ओनर तथा संयुक्त परिवार होम हेल्थ केयर एल्.एल्.सी. (United Family Home Health Care LLC) का मुख्य कार्यकारी अधिकारी (सीईओ) खड्क गजमेरले काठमाडौंको खुल्ला आकाशमूनी, चिसो सडक पेटी, पुलमुनी र ढलको पाइप भित्र भोक भोकै जीवन कटाउन बाध्य भएका शयौं दुःखी गरीब, अशक्त एवम् असहाय हुनुभएका मानिसहरुलाई उहाँको जन्मोत्सवको उपलक्ष्यमा यही कार्तिक २८ गते तातो खुवाउनुभएको छ । व्यवसायमा राम्रो सफलता हाँसिल गर्दै आउनुभएका समाजसेवी एवम् कुशल व्यवसायी गजमेरले विभिन्न समाजिक सेवामा क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै आउनुभएको छ । समाजसेवी गजमेरले समय समयमा होमलेसहरुलाई समय समयमा भोजन सेवाका लागि सहयोग गर्दै आउनुभएको छ ।
भोजन दान, महाकल्याण’ सेवा नै सर्वोत्कृष्ट धर्म हो भन्ने मुल मन्त्रलाई सिरोधार्य गेर्ने समाजसेवी एवम् व्यवसायी गजमेर समाजको आदर्श पात्र हुनुहुन्छ ।
उहाँ एक कुशल कलाकार पनि हुनुहुन्छ । हामीले हरेक विधामा राम्रो दख्खल राख्न सक्ने खुवी उहाँमा पाउन सक्छौं । गजमेरले काठमाडौंमा रहेका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई साथ सहयोग र हौसला दिनलाई अनुरोध समेत गर्नु भएको छ ।
नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्तर जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य हालसम्म सञ्चालनमा आइरहेको छ ।
युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आउनुभएको छ । सहयोगी मनहरुले तलको फेसबुक लिङ्कमा क्लिक गरी +9779841141468 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/amulya.ghimire/