Thursday, November 21, 2024

भारतकाे दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा

spot_img

२९ कात्तिक ।  भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ स्तर्मा रेकर्ड गरिएको हो ।

आज बिहीवार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । प्रदूषणको स्तर मापन गर्ने आईक्यूएअरका अनुसार त्यस क्षेत्रको हावामा बिहान ८ बजे एक्यूआई चार सय ७२  रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीमा धेरै ठाउँको वायुको गुणस्तर सूचकाङ्क चार सय ५० भन्दा माथि छ भने सबै जिल्लामा चार सयभन्दा माथि पुगेको छ, याे ‘अति खराब’ को स्तरमा पर्छ । आईक्यूएअरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ ।

राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा बगिरहेको यमुना नदीमा वायु प्रदूषणसँगै फोमको बाक्लो तह पनि देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय