Wednesday, November 13, 2024

क्यानडामा टेस्ला कार दुर्घटना हुँदा ढोका खोल्न असफल , ४ जनाको मृत्यु

spot_img

 

क्यानडाको टोरन्टोस्थित लेक शोर बुलेभार्डमा भएको एक गम्भीर सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ। अक्टोबर २४ मा उच्च गतिमा दौडिरहेको टेस्ला मोडेल वाई कार गार्ड रेलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी २९ वर्षीया केताबा गोहिल, उनका २५ वर्षीय भाइ नीलराज, जय सिसोडिया र दिग्विजय पटेलको ज्यान गएको छ। उक्त दुर्घटनामा २० वर्षीया एक महिला मात्रै बाँच्न सफल भएकी छिन्। उनलाई त्यहाँ उपस्थित एक साहसी कामदारले धातुको पोल प्रयोग गरेर कारको झ्याल तोडी बाहिर निकालेका थिए।

साहसी कामदारका अनुसार, कारभित्रबाट बाहिर निस्कन युवतीले धेरै प्रयास गरेकी थिइन् तर विद्युतीय ढोकाले काम नगर्दा उनी फसेकी थिइन्। कारभित्रबाट ठूलो मात्रामा धुँवा निस्किरहेको थियो, जसका कारण अन्य यात्रुहरू फसेको उनलाई थाहा भएन।

टेस्लामा विद्युतीय ढोका हुन्छ, जसलाई खोल्न पावर आवश्यक पर्छ। टेस्लाका ढोकामा ह्यान्डलको सट्टा बटन हुन्छ, जसलाई थिचेर मात्र ढोका खोल्न सकिन्छ। पुलिसले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय