Thursday, November 21, 2024

ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने

spot_img

२६ कात्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।

७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ट्रम्पले आफूले टम होमनलाई लामो समयदेखि चिनेको र अमेरिकी सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही नभएको कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ । ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताउनुभयो ।

होमनले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तनको कार्यवाहक निर्देशकको रूपमा काम गर्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय