Thursday, November 21, 2024

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको वासिङटन पोष्टको दाबी, युक्रेनमा युद्ध नबढाउन ट्रम्पको चेतावनी

spot_img

२६ कात्तिक ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको वासिङटन पोस्टले दाबी गरेको छ ।

ट्रम्पको विजयी सुनिश्चित भएपछि नोभेम्बर ६ तारिख अर्थात् गएको बुधवार उहाँले पुटिनसँग कुराकानी गरेको स्रोतहरुलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ । ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध नबढाउन चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै, युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई बेवास्ता नगर्न पनि ट्रम्पले पुटिनलाई आग्रह गर्नुभएको छ । ट्रम्पको चुनावी अभियानले भने पुटिनसँग कुरा गरेको समाचारमा कुनै टिप्पणी गरेको छैन ।

बीबीसीले ट्रम्पका सञ्चार निर्देशक स्टीवन चेङलाई टेलिफोन कुराकानीबारे पुष्टि गर्न खोज्दा स्पष्ट जवाफ नपाएको जनाएको छ ।

चुनावी अभियानको क्रममा ट्रम्पले आफू विजयी भएमा युक्रेन युद्ध एकैदिनमा समाप्त गरिदिने जिकिर गर्नुभएको थियो । तर राष्ट्रपतिमा निर्वाचित भएपछि भने उहाँले युक्रेन युद्धबारे बोल्नुभएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय