Monday, December 2, 2024

नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायाे

spot_img

२५ कात्तिक ।  यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको छ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस्तै ६ जना ब्याटरले १ रन पनि जोड्न सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालकालागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको  थियो । नेपाल तेस्राे खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएकाे थियाे ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय