Thursday, November 21, 2024

एक सय ८० शरणार्थी परिवारलाई राहत वितरण

spot_img

२३ कार्तिक, झापा । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा शरणार्थी परिवारलाई राहत वितरण गरिएको छ । पुनर्वासित भुटानीहरूको दुई समुहको आर्थिक सहयोगमा बुधबार एक कार्यक्रम गरि शिविर व्यवस्थापन समिति बेलडाँगीले राहत वितरण गरेको हो ।

कार्यक्रममा एक सय ८० शरणार्थी परिवारलाई राहत वितरण गरिएको थियो ।  प्रत्येक परिवारलाई १५ केजीका दरले चामल, एक केजी दाल, सोयबिन र खाने तेल वितरण गरिएको हो ।

समाजसेवी सुकराज बानतावाको विशेष पहलमा शिविर व्यवस्थापन समितिद्वारा आयोजित राहत वितरण कार्यक्रमका लागि अमेरिका पुनर्वास भएका दुई समुहले आर्थिक सहयोग गरेको थियो । सहयोगका लागि अमेरिका निवासी देवी माया राई र ओम ढुङ्गेलले दाताहरुसँग समन्वय गरेका थिए ।

 स्व. लख माया राईको विशेष सम्झनामा उनको श्रीमान धन बहादुर राई, छोरीहरु बुद्धि माया राई, चन्द्र माया राई, रन्दता राई, छोराहरु कृष्ण बहादुर राई, बिर्खराज राई र सन्तबिर राईले संयुक्त रुपमा सहयोग गर्नुभएको हो । त्यसैगरी ओम ढुङ्गेल र उहाँको परिवार, विर्ख राई र उहाँको परिवार, अर्जुन ठटाल र उहाँको परिवार र केदार खतिवडा र उहाँको परिवारले संयुक्त रुपमा सहयोग गर्नुभएको थियो । कार्यक्रममा स्व. लख माया राईको आत्मको चिरशान्तीका लागि एक मिनेटको मौनधारण गरिएको थियो ।

कार्यक्रममा दुई समुहमा विभिन्न परिवारले संयुक्त रुपमा गरेको सहयोगको शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले प्रशंसा गर्नु भएको थियो । सचिव सुब्बाले यसरी संयुक्त रुपमा गरेको सहयोगले नेपाली भाषी भुटानीहरु सतकर्मका लागि सधैँ एक भएर लाग्ने सन्देश दिएको बताउनु भयो । सचिव सुब्बाले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय