Thursday, November 21, 2024

इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो

spot_img

२२ कात्तिक । इजरायलले गरेको हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको ज्यान गएको छ । इजरायली सेनाले गएराति गरेको बमबारीबाट ५३ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हवाई आक्रमणबाट बालबेक शहरको एउटा आवासीय भवन ध्वस्त भएको छ । इजरायलले हिजो दक्षिणी बेइरुतमा पनि हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ हानेको रकेटबाट एक इजरायली नागरिकको ज्यान गएको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय