Thursday, November 21, 2024

चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

spot_img

२२ कात्तिक । अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताउनुभयो । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उहाँको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गर्नुभएको छ ।

ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय