Sunday, October 6, 2024

नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

spot_img

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

सोमबार भएको सुनुवाईपछि समितिले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानन्यायाधीशका रुपमा मिश्रलाई नियुक्त गर्ने बाटो खुलेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय