Sunday, October 20, 2024

सुडानमा १४ लाख जनाभन्दा धेरैलाई हैजाविरुद्धको खोप लगाउने अभियान शुरू

spot_img

४ कात्तिक । सुडानमा हैजाविरुद्धको खोप अभियान शुरू भएको छ । सुडानको स्वास्थ्य मन्त्रायले देशको पूर्वी र उत्तरी भागहरूमा १४ लाख जनाभन्दा धेरै मानिसलाई लक्षित गरी हैजाविरुद्धको खोप अभियान शुरू भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हैजाको चलिरहेको प्रकोपको प्रतिक्रियाका लागि हिजो तीन वटा राज्यमा अभियान शुरू गरेको मन्त्रायले जनाएको छ । अभियानले एक वर्ष वा त्योभन्दा माथिका १४ लाख सात हजार पाँच सय ४६ जनालाई खोप लगाउने लक्ष्य राखेको र यो अभियान बिहीवारसम्म चल्ने छ । सुडानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म हैजाका २५ हजार जनाभन्दा धेरै बिरामी भेटिएका र सात सय दुई जनाको ज्यान गएको बताएको छ ।

युनिसेफले सुडानमा पाँच वर्षमुनिका पाँच लाख बालबालिकासहित ३१ लाख जना मानिस हैजाको जोखिममा रहेका चेतावनी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय