Friday, October 18, 2024

वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जित्यो

spot_img

२ कात्तिक ।  वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जितेको छ । गएराति भएको तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले हराउँदै शृङ्खला जितेको हो । वेस्ट इन्डिजले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा एक विकेट मात्र गुमाएर भेट्टायो ।

श्रीलङ्ककाका लागि कुशल मेन्डिसले अविजित ६८ र कुशल परेराले अविजित ५५ बनाउँदै टिमलाई जीत दिलाएका हुन् । वेस्ट इन्डिजका गुडाकेश मोतीले एक विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभम्यान पावेलले सर्वाधिक ३७ रन बनाए । श्रीलङ्काका महेश थेक्षाना र वानिन्दु हसरङ्गाले समान दुई विकेट लिए ।

यसअघि पहिलो टी–२० खेलमा श्रीलङ्का वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित हुँदा दोश्रो खेलमा ७३ रनले विजयी भएको थियो । अब श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय शृङ्खला पर्सि आइतवारदेखि पल्लेकेलेमा शुरू हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय