Thursday, October 17, 2024

सैन्य सहयोग रोक्ने अमेरिकाको चेतावनीपछि इजरायलले गाजामा मानवीय सहायताको पहुँच बढायो

spot_img

१ कात्तिक ।  इजरायलले मानवीय सामग्री बोकेका ५० वटा ट्रक गाजा पट्टीमा प्रवेश गर्न दिएको बताएको छ । युद्धग्रस्त क्षेत्रमा मानवीय सहायताको पहुँच नबढाएमा सैन्य सहयोग रोकेर कारबाही गर्ने अमेरिकाको चेतावनी पछि इजरायलले मानवीय सामग्री बोकेका गाडी गाजामा प्रवेश गराउन लचिलो भएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै पठाइएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि गएको मे महिनामा खोलिएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार खाद्यान्न अभाव भएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको थियो ।

यसैबीच गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा मौखिक पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् । प्यालेस्टिनी क्षेत्रका केही भागमा इजरायली सैन्य कारबाही भईरहे पनि १० वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण गएको सोमवार शुर भएको हो ।

अभियानका क्रममा एक लाख २८ हजार एक सय २१ बालबालिकालाई भिटामिन ‘ए’ पनि खुवाइएको थियो । गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो केश पुष्टि भएपछि खोप अभियान शरु भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय