Wednesday, October 16, 2024

लेबनानको राजधानी बेरुतमा ५ दिनपछि फेरि इजरायली आक्रमण, मेयरसहित ५ जनाको ज्यान गयो

spot_img

३० असोज ।  इजरायली सेनाले पाँच दिनपछि फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । दक्षिणी लेबनानको नबातिह शहरमा भएको पछिल्लो इजरायली आक्रमणमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा नबातिह शहरका मेयर पनि छन् ।

मङ्गलवार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहको भूमिगत गोदामलाई निशाना बनाएको बताएको खबरमा उल्लेख छ । यसअघि लेबनानका अधिकारीहरूले लेबनानको दक्षिणी क्षेत्रमा भर्खरै भएका आक्रमणमा धेरैको ज्यान गएको बताएका थिए ।

इजरायलले लेबनानबाहेक गाजामा पनि आक्रमण गरिरहेको छ । मङ्गलवार अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन आग्रह गरेको थियो । यदि त्यसो भएन भने इजरायललाई दिइने सैन्य सहायतामा पनि कटौती गर्न सक्ने अमेरिकाले जनाएको छ ।

बेरुतमा भएको यो पछिल्लो आक्रमणअघि मङ्गलवार पनि इजरायली सेनाले लेबनानका विभिन्न ठाउँमा बमबारी गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय