Wednesday, October 16, 2024

माल्दिभ्समा मन्त्रीसहित दुई सय २५ जनाको राजनीतिक नियुक्ती खारेज

spot_img

३० असोज । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको खर्च घटाउने भन्दै मन्त्रीसहित २ सय २५ भन्दा धेरै राजनीतिक नियुक्तिलाई बर्खास्त गर्नुभएको छ ।

सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेकोबेला राष्ट्रपति मोहम्मदले गएको वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिनुभएको हो ।

राजनीतिक नियुक्तिहरूको कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खाने राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । बर्खास्त भएकामा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ जना निर्देशकहरू रहेका छन् ।

झण्डै पाँच लाख जनसङ्ख्या भएको सानो देशमा काम नै स्पष्ट नभई पद ओगट्नुको कुनै अर्थ नरहेको राष्ट्रपतिको भनाइ छ । यो व्यापक कटौतीले मासिक झण्डै तीन लाख ७० हजार डलर बचत हुने देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय