Tuesday, October 15, 2024

गाजा र लेबनानमा इजरायली सेनाको आक्रमणमा परी ५० जनाको मृत्यु

spot_img

२९ असोज ।  इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ । गाजामा रहेको एउटा शरणार्थी शिविर नजिक इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थमा परेर उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ ।

अहिले चार लाख प्यालेस्टीनी इजरायली सेनाको निशानामा रहेका छन् । शान्ति स्थापनाका लागि खटिएका सुरक्षाकर्मीसमेत आक्रमणमा पर्न थालेका छन् ।

यसैगरी उत्तरी लेबनानमा हिजो भएको इजरायली आक्रमणमा २१ जनाको ज्यान गएको छ । युद्धकै कारण विस्थापितको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको खबरमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएसम्म निरन्तर आक्रमण गरिरहने बताउँदै आउनुभएको छ । पछिल्लो हप्ता इजरायलको आक्रमण सबैभन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा क्षेत्रमा भइरहेको छ । यी दुवै ठाउँ हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय