Monday, October 14, 2024

श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज ५ विकेटले विजयी

spot_img

२८ असोज ।  श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको छ । घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन किङले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए । श्रीलङ्काका माथीशा पाथिरानाले दुई विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई विकेट लिए ।

यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । अब यी दुई देशबीचको दोश्रो खेल भोलि र तेश्रो तथा अन्तिम टी–२० खेल आउँदो बिहिवार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय