Monday, October 14, 2024

अस्ट्रेलियाबाट पथरी क्याम्पमा रहेका बालबालिकाहरुलाई कपडा वितरण

spot_img

२८ असोज मोरङ । मोरङको पथरी शनिश्चरे क्याम्पमा अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायले चाड पर्वलाई लक्षित गर्दै कपडा वितरण गरेको छ । अस्ट्रेलियामा रहेका समिर सोयाङ राईको अगुवाईमा ३६ जना बालबालिकाहरुलाई कपडा वितरण गरिएको हो ।
स्थानियको समन्वय युवा समाजसेबी बिनम राईले गर्दै न्युन आय भएका र अभिभावक नभएका बालबालिकाहरुलाई कपडा वितरण गरिएको छ । बालबालिकाहरुको नै रोजाइमा उनीहरुको खुशी अनुसारको कपडा वितरण गरिएको छ । अष्ट्रेलियाबाट बिकास घिमिरे , मोहन गौतम , उर्गेन तामाङ , जोन दुलाल , जीवन राई , ओम राई , प्रताप राई , मिलन गुरुङ , पदम क्षत्री , तारा क्षत्री , किरण राई , मंगल् मगर , मिलन पराजुली , अस्मिता राई , निले सुबेदी , प्रणय क्षत्री , रत्न गुरुङ , सुकु तामाङ , अनिता राई , सन्दिप राई , किरण राई र डम्बर सुबेदीको सामुहिक प्रयासमा कपडा बितरण साथै बृद्ध आमा बुवाहरुलाई खाना खुवाउने कार्यक्रम तय गरिने भएको छ ।
यस कार्यले बालबालिकाले आफुहरु खुशी भएको प्रतिकृया दिएका छन् । यो खुशी सँगै अत्यावश्यक पनि रहेको थियो । चाडपर्बको समयमा बालबालिकहरुको मनोबल उच्च पार्नलाई पनि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय