Sunday, October 6, 2024

बाबर आजमले पाकिस्तानकाे एकदिवसीय र टी–२० टिमकाे कप्तानबाट दिए राजीनामा

spot_img

१६ असोज ।  बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् ।

बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यस्तै आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उनले बताएका छन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने पनि उनको भनाइ छ ।

सन् २०२३ को विश्वकपमा पाकिस्तानले कमजोर प्रदर्शन गरेपछि बाबरले नेतृत्व छोडेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले उनलाई फेरि कप्तानीका लागि जिम्मेवारी दिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय