Sunday, October 6, 2024

अमेरिकामा आँधीका कारण १ सय भन्दा धेरैको मृत्यु

spot_img

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण १ सय जना भन्दा धेरैको मृत्यु भएको छ ।आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा १ सय जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।

आज बिहानदेखि आँधी र वर्षा रोकिएपछि खोजी अभियान तीव्र पारिएको छ । अमेरिकी खोज अधिकारीहरूले अझै धेरै शव भेटिन सक्ने अनुमान गरेका खबरमा उल्लेख छ । आँधी तथा बाढी पहिरोले दर्जनौं पुल, सडक, बिजुली, सञ्चार संरचना लगायत ध्वस्त बनाएको छ । २७ लाख जना मानिस बिजुलीविहिन अवस्थामा छन् । टेलिफोन सम्पर्क नहुँदा सयौं मानिसले अझै पनि आफन्तसँग सम्पर्क गर्न सकेका छैनन् । खानेपानीको पनि अभाव भएको छ । बीमा कम्पनी र पूर्वानुमानकर्ताहरूले १५ अर्बदेखि एक सय अर्ब डलरसम्म क्षति भएको बताएका छन् । उत्तरी क्यारोलिनाका गभर्नर रोय कूपरले यो इतिहासकै ठूलो र विनाशकारी विपत्ति भएको बताउनुभएको छ । त्यहाँका मानिसहरूले यसअघि कहिल्यै पनि यस्तो विपत्ति नभोगेको उल्लेख गरेका छन् ।

१९ वटा राज्य र सङ्घीय सरकारका खोज तथा उद्धार टोलीहरू अहिले खटिएका छन् । केही सडकहरू मर्मत गर्न दुई महिनासम्म लाग्न सक्ने अनुमान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय