Friday, October 4, 2024

त्रिदेशीय टि–२० शृङ्खलामा नेपालले ओमानलाई ३७ रनले हरायो

spot_img

क्यानडामा भइरहेको त्रिदेशीय टि–२० शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो।

नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीनविकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए । अब नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा पर्सि बुधवार फेरि ओमानसँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय