बाढीपहिरो र डुबानमा परी १ सय ९२ जनाको मृत्यु भएको छ। ३० जना अझै बेपत्ता छन् जस्मा १ सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइरहेको र घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।