Sunday, October 6, 2024

बाढी, पहिरो र डुबानमा परेर साँझसम्म ६६ जनाको ज्यान गयो

spot_img

तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारीअनुसार साँझसम्ममा देशभर गरेर ६६ जनाको ज्यान गएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।

हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको ज्यान गएको छ । काठमाण्डौमा ११,भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गएको । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको ज्यान गएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डौमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घरमा क्षति भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय