Sunday, October 6, 2024

हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

spot_img

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए । बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय