Sunday, October 6, 2024

कोलम्बस भेट्रान्स खेल खेल्नका लागि आइओवा प्रस्थान

spot_img

समाजसेवी तथा इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी सम्मिलित कोलम्बस भेट्रान्स आइओवा प्रस्थान गरेको छ ।

ओहायो गोल्ड कप र इन्ट्रा कपका पूर्व विजेता कोलम्बस भेट्रान्स तेस्रो आइओवा हिमालयन च्याम्पियनसिप कप-२०२४ खेल्न आइओवा प्रस्थान गरेको हो ।

अमित कार्कीको व्यवस्थापन रहेको कोलमबस भेट्रान्स निकै राम्रो फर्ममा देखिन्छन् । लक्ष्मी सङ्ग्रौलाको नेतृत्वमा यश अघिनै ओहायो गोल्ड कप र इन्ट्रा कप हात पारिसकेको  यश टिम आइओवा हिमालयन च्याम्पियनसिप कप-२०२४ को पनि दाबेदार टिम हो ।

सेप्टेम्बर २७, २८ र २९ मा हुने उक्त तेस्रो आइओवा हिमालयन च्याम्पियनसिप कप-२०२४ मा विभिन्न उमेर समुहका टिमले आपसमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा १४ वर्ष मुनिका, वयस्क र भेट्रान्स गरि खेलाडीहरूकाे तीन उमेर समूह रहेका छन ।

लामो समय खेलजीवन बिताइसकेका अनुभवी खेलाडीहरु रहेको कोलम्बस भेट्रान्सले ३५ वर्ष माथीका भेट्रान्स समुहमा रहेर प्रतिस्पर्धा गर्ने छन् ।

वयस्क र भेट्रान्स समुहको टिम दर्ता शुल्क अमेरिकी डलर १२०० तोकिएको यश प्रतियोगितामा भेट्रान्स तर्फको प्रथम पुरस्कार अमेरिकी डलर ५००० (पाँच हजार) रहेको छ भने दोस्रो हुने टिमले अमेरिकी डलर ३००० (तीन हजार) पाउने छन् ।

भेट्रान्स खेलाडी राजा प्रधान र मन भट्टराईको नेतृत्वमा रहेको कोलम्बस भ्ट्रान्स् यस पटक पनि विजेताको उपाधि उचाल्ने उत्साहका साथ आइओवा प्रस्थान गरेको हो । यस टिमलाई यहाँ सम्म ल्याउनुको लगि  इन्ट्रा फाउण्डेशनको खेल संयोजक खड्ा सन्यासीको ठूलो योगदान रहेको छ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय