Sunday, October 6, 2024

डा.आरजु राणा देउवा र उपमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता

spot_img

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई थप बलियो बनाउनेबारेमा छलफल भएको छ । भेटका अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरूको छलफल भएको थियो । मन्त्री राणा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा हुनुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय