Sunday, October 6, 2024

दमक बेलडाँगी बजारमा व्यापारी र ग्राहकहरुको चहलपहल बढ्दै

spot_img

असोज, बिर्तामोड ।  झापाको दमक नगरपालिका वडा न. ३ मा रहेको बेलडाँगी बजारमा व्यापारी र ग्राहकहरुको चहलपहल बढ्न थालेको छ । बजार चल्ला कि नचल्ला भन्ने संशयका बिच गत भदौ १८ गते शुभारम्भ भएको बेलडाँगी बजारमा मानिसहरुको चहलपहल बढेको हो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उपप्रमुख रेगिना भट्टराईले शुभारम्भ गर्नु भएको उक्त बजारमा मानिसहरूको चहलपहल बढेसँगै बजारका व्यापारी तथा व्यावसायि खुसी बनेका छन् । प्रत्येक हप्ताको मङ्लबार हाट लाग्ने बेलडाँगी बजारमा टाडा-टाडाबाट व्यापारी र हटारु आउन थालेपछि बजार चल्नेमा स्थानीयवासी विश्वस्त बनेको देखिन्छ ।

पछिल्लो समय भुटानी शरणार्थीलाई आफै स्वालम्वन बनेर जीविकोपार्जन गर्न उत्प्रेरित गरिरहेको यु.एन.एच.सि.आरएल.डब्लु.एफ ले बजार लगाउनका लागि शरणार्थी समुदाय र नगर बिच समन्वयकारी भुमिका निभाएको थियो । नगर र वडाले पनि शिविरभित्र साना व्यापार व्यावसाय गरिरहेका शरणार्थीलाई बजारमा आउन प्रोत्साहन गरिरहेको छ । यता
बेलडाँगी बजारमा आएर व्यापार व्यावसाय गर्ने शरणार्थीलाई वडा कार्यालयले व्यावसाय दर्ताको सिफारिस दिँदै आएको छ । वडा कार्यालयबाट व्यावसाय दर्ताको लागि सिफारिस पाउने भएपछि अन्य शरणार्थी व्यावसायिहरु पनि बेलडाँगी बजारप्रति आकर्षित हुँदै गइरहेका छन् ।

नगरले वडा न. ३ को उत्तरी भेगमा पर्ने जग्गामा वडा, यु.एन.एच.सि.आरएल.डब्लु.एफ सँगको समन्वय र सहकार्यमा बेलडाँगी बजार स्थापना गरेको हो । सो जग्गा दमक नगरपालिकाले १० वर्षका लागि लिजमा लिएको हो ।
दमक वडा न. ०२ र ०३ साथै आसपासका जनताको व्यापार व्यवसायलाई प्रवद्धन गर्ने उद्देश्यले लगाइको बजारमा यु.एन.एच.सि.आरएल.डब्लु.एफ कै पहलमा भुटानी शरणार्थीको उल्लेख्य सहभागीता रहेको छ ।

बेलडाँगी बजार दैनिक रुपमा र प्रत्येक हप्ताको मङ्गलबार हाट लाग्ने नगरले जानकारी गराएको ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
spot_img
सम्बन्धित
थप

लोकप्रिय