Sunday, October 6, 2024

अमेरिकाको रेनल्डसबर्ग सहरमा दसैँ तिहार मेला २०२४ आयोजा हुँदै

spot_img

अमेरिका । ओहायोको रेनल्डसबर्ग सहरमा भूटानी भाषी समूदायको २२ वटा गैर नाफामुलक संस्थाहरुको सामूहिक आयोजनामा दसैँ तिहार मेला २०२४ आगामी अक्टोबर ५ बाट हुने भएको छ ।

अमेरिका अर्थात नेपाल बाहिर बस्ने भूटानी समूदायहरुको आफ्नो नेपाली मौलिक सांस्कृतिक पहिचानलाई जोगाउन र पुनः नयाँ पुस्तामा नेपाली चाड पर्वको महत्व दर्साउने उद्देश्यले आयोजना गर्न लागेको कार्यक्रम संयोजक श्याम गौतमले जानकारी गराउनु भएको छ ।

यस मेलालाई व्यवस्थापकीय भूमिकामा सिटी काउन्सिल भुवन प्याकुरेल, राधा प्रिय शर्मा लगायत प्राविधिक पक्षमा अनुज क्षेत्री, खड चापागाई र अनिसा रिजाल लगायत रहेका छन् । यस कार्यक्रमलाई प्रायोजन गर्न या स्टल राख्न इच्छुकहरुलाई सेप्टेम्बर २२ सम्मको समय निर्धारण गरिएको थियो । प्रायोजकले एक हजार डलर देखी माथि भुक्तानी गर्नुपर्ने नीति तय गरिएको थियो ।

दिनको २ बजेबाट सुरु हुने यस कार्यक्रम साँझ ०७ः३० मा सम्पन्न हुने छ । प्रारम्भमा नौमती बाजा बजाउँदै साङ्गीतिक माहोलमा विभिन्न जातिय झाकिहरुको साथमा कार्यक्रम हुनेछ भने आकर्षक नृत्यहरु पनि समावेश गरिएको छ । गणेश गजमेर र साङ्गीतिक समूहले प्ले ब्याक लाइभ म्युजिकको लागि गायक गायिकाहरुलाई साथ दिनेछ ।

स्थानीय सिटीले नै सुरक्षा व्यवस्थापन गर्नेछ भने स्टेजको लागि छुटै प्राइभेट सुरक्षाको पनि व्यवस्थापन गरिने आयोजकले जनाएको छ । ड्रुक फ्यजानको साङ्गीतिक समूहले लाइभ प्रस्तुती पनि दिनेछ । यस कार्यक्रममा आएर कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ । अहिले सम्म चालिस प्रायोजकहरु र तीस वटा स्टकहरु अग्रिम दर्ता भइसकेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय