Sunday, October 6, 2024

पथरी क्याम्पका विद्यार्थीलाई सेजल एण्ड सिस्टरद्वारा विद्यालय पोशाक वितरण

spot_img

४ असोज, मोरङ ।  पथरी शनिश्चरे क्याम्पमा आज सेजल एण्ड सिस्टर फाउण्डेसनले  एक सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

फाउण्डेसनका फाउण्डर मेघ सुबेदीले शिक्षाको क्षेत्रमा सहयोग पुगोस भन्ने पवित्र उद्देश्यले विगतका वर्षहरु देखीनै निरन्तर शिविर भित्र र बाहिरका हजारौँ विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्दै आउनुभएको छ । आजको पोशाक वितरण कार्यक्रममा सामुदायिक अर्थात सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै शिविरका एक सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

कार्यक्रममा बस्ती व्यवस्थापना समितिका सचिव करण राई, श्री हिरक आधारभुत विद्यालयका प्रधानाध्यापक कबिता तिम्सिना, फाउण्डेसनका उपाध्यक्ष शंकर कार्की, फिल्ड स्टाफ थिरु प्रसाद उपाध्याय लगायतको उपस्तिथि रहेको थियो । यस अघि नै फाउण्डेसनका फाउण्डर मेघ सुबेदीको नेपाल भ्रमणका क्रममा कार्यक्रम तय भए पनि धेरै सङ्ख्यामा विद्यालय पोशाक तयारी गर्न समय लागेकाले कार्यक्रमको मिति सार्न पुगेको हो ।

शिक्षाको क्षेत्रमा गम्भीर भएर लाग्नु भएका सुबेदीले धेरै विद्यालयहरु र अनाथ बाल आश्रमहरुमा निरन्तर सहयोग गर्दै आउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय