Sunday, October 6, 2024

सिजल एण्ड सिस्टरको आर्थिक सहयोगमा पथरी क्याम्पमा अभिनय तालिम सुरु

spot_img

३ असोज, मोरङ ।  मोरङको पथरी शनिश्चरे क्याम्पमा आजदेखि तिन दिने अभिनय तालिम सुरु भएको छ । यस कार्यक्रमलाई भुटानी शरणार्थी बाल मंचद्वारा आयोजना गरिएको छ ।

सिजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा हुने यस तालिममा ४ वटा सेक्टरहरुबाट २४ जना बालबालिकाहरु सहभागी भएका छन् । लेखक तथा थिएटर आर्टिस्ट दिलिप राखालीको सहजिकरणमा आउने शनिबारसम्म तालिम हुनेछ । यस अघि पनि “रिफुजी डे” को अवसरमा दिलिप राखालीले शिविरका कलाकारहरुलाई समेट्दै नाटक “घिटघिटो” मन्चन गर्नुभएको थियो । बाल मंचका सह संयोजक सम्झना मुखियाको सभा अध्यक्षतामा भएको उद्घाटन कार्य्रक्रममा प्रमुख अतिथि बस्ति ब्यवस्थापन समितिका सचीव करण राई , सेक्टर प्रमुखहरु आईतराज राई, अर्जुन राई र  हर्क राई  लगायतको उपस्तिथि रहेको थियो । बाल मंचका कोषाध्यक्ष एन्जिला राईको स्वागत मन्तव्य र सचीव करण राईको शुभकामना मन्तव्य रहेको थियो ।

धेरै जना बालबालिकाहरु अभिनय तालिमका लागि इच्छुक रहेको पाईएको छ । तिन दिनको समय कम रहेकोले अन्य कुनै समयमा व्यवस्थापन गरेर पुन आयोजना गर्न सके तालीम धेरै अर्थपूर्ण हुने सहजकर्ता दिलिप राखालीले जानकारी दिनुभएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय