महिला तर्फको फाइनल खेलमा साबिक फाइनल खेल्ने टिम बि .वाइ एस एस सि र बाल्टिमोरको बेलमन्टको खेल भने ३-२ को सेटमा बाल्टिमोर बेलमन्ट बिजयी बनेको छ । बिजयी टिमले ९ हजार अमेरिकि डलर र उपबिजेता टिमले ६ हजर अमेरिकि डलर प्राप्त गरेको छ । जम्मा सहभागी टिमहरु पुरुष तर्फ १४ र महिला तर्फ ८ टिमहरु रहेका थिए ।
चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई
पेन्सिल्भेनिया । अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका द्वारा आयोजित चौथो इन्ट्रा कप भलिबल २०२४ मा महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमले उपाधी हात पारेको छ । इन्ट्रा फाउण्डेसनका खेलकुद संयोजक खडा सन्यासीको संयोजकत्वमा सम्पन्न खेल पेन्सिलभेनियाको ल्यानक्यास्टरमा गएको आइतबार सम्पन्न भएको खेलमा साबिक बिजेता रुकुमले सजानीलाई तीन दुई सेटमा हराउदै बिजेता बनेको थियो ।
१२ हजार अमेरिकि डलर नगद पुरस्कार रहेको यस खेल निकै प्रतिस्पार्धात्मक रहेको थियो । पहिलो सेट २५-२२ ले जितेको रुकुमले दोस्रो सेटमा भने ३२-३४ को थोरै मात्र अन्तर राख्न सजानीले दबाब दिएको थियो । त्यस पछिको दुई खेल भने सजानीले २५-१८ र २५ -२२ ले जित्दै खेल बराबरीमा ल्याएको थियो । बेस्ट अफ फाइभको खेलमा भने सजानी नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान कैलाश दत्त भट्टको अगुवाइमा रहेको टिमलाई १५ -८ मा नै सिमित गर्दै रुकुमले फाइनलको उपाधी जितेको थियो । दोस्रो भएको सजानीले ८ हजार डलर प्राप्त गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
सम्बन्धित
थप