Sunday, October 6, 2024

एडमन्टनमा स्वीकारोक्ति डिस्कोर्श सम्पन्न

spot_img

२९ भदौ ।  भोकमारी न्यूनीकरणको मूल लक्षसहित एडमन्टनमा स्वीकारोक्ति डिस्कोर्श सम्पन्न भएको छ ।

११ जना बृद्ध बाबा-आमाहरूको प्रमुख आतिथ्यमा र जि बि एल् ओ र स्वीकारोक्ति फ़ाउन्डेशनको सम्युक्त आयोजनामा आज एक विशेष कार्यक्रम सम्पन्न भएको हो ।

पातलो अन्तरेले संचालन गरेको उक्त कार्यक्रममा फाउन्डेशनका प्रमूख आदरणीय डेन्जोम साम्पाङले स्वीकारोक्ति सम्बन्धि विशेष डिस्कोर्श र यसको उद्देश्य र संरचनामा प्रकाश पार्नुभयो ।

दयालु मन हुँदा हुँदै दया गर्न विर्सिएछौ भन्ने स्वीकारयोग्य आदतलाई कर्म दिलाउनु मानव परिवर्तनको मुल विषय हुन जान्छ । प्रकृति र मानव एक समान हुन्छ । प्रकृति छ त मानव बाँचीरहन्छ, मानव बाँच्छ त प्रकृति रहिरहन्छ ।

त्यसैले प्रकृतिसँग हातेमालो नगर्नुको परिणाम विपरीत हुन् सक्छ र समयमा नै प्राकृतिक महोत्सव मनाउन जरूरी हो भन्ने समयले किटान गरेको छ । यसको मूल लक्ष भनेको भोकालाई भोजन सहयोगार्थ जस्तै :- “आशा बाडौं – करूणा फैलाउँ”(“Sharing Hope – Spreading Kindness”), (“Go Green- Save The Earth”) (“To Breath Free – Plant A Tree”) जस्ता मनोकामना गर्दै स्वीकारोक्ति फ़ाउंडेशनले “स्वीकारोक्ति विश्व यात्रा” को क्रम निरन्तर रूपमा गरिरहेको छ ।

क्रमश: “स्वीकारोक्ति विश्व यात्रा २०२४ क्यानाडा” यहि आउँदो सेप्टेम्बर १४ तारिख क्यानाडाको एडमन्टन शहरमा सम्पन्न भएको छ ।

यो कार्यक्रम विशेषत: भोकमारी निर्मूल (Hunger Relief) होस् र भोकमारीमा परेकालाई राहत मिलोस् भन्ने हेतुले सम्पन्न भयो ।

यसमा आजको विश्वले  आ-आफ्नो अस्तित्व स्वीकार गर्नु पर्दछ अनि मात्र हरेक सम्बोधनहरू न्यायिक हुनेछन् भन्ने “स्वीकारोक्ति दर्शन” का मुल विषयहरू पनि सामाजिक तह, पद, प्रतिष्ठाका माथी रहेर एक विशेष अंशमा प्रदान गरिने छ ।

यस कार्यक्रममा सांस्कृतिक, सांगीतीक, साहित्यिक मनहरूको पनि बेजोड उपस्थिति र प्रस्तुती रहेको थियो । The Voice of Nepal season 3 का बिजेता किरण गजमेरको बेजोड प्रस्तुति दिएर कार्यक्रमको शोभा बडाउनुभयो भने इडमन्टन्का लोकल कलाकारहरूको पनि विशेष प्रस्तुति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय