मोरङको पथरी शनिश्चरे क्याम्पमा भूटानी शरणार्थी बालमञ्च द्वारा ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शिविरमा रहेका बालबालिकाहरुलाई समावेश गरेर बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
एल.डब्लु .एफको आर्थिक सहयोगमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम्प सचिव करण राई , विशेष अतिथिहरुमा पूर्व क्याम्प सचिव चम्फासिङ राई , एल. डब्लु .एफका फिल्ड स्टाफ सन्तोष चौधरी ,ग्लोबल भूटनिज अर्गनाइजेसनका कार्यक्रम संयोजक टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्य्रकममा शुभकामना मन्तव्य पूर्व क्याम्प सचीव चम्फासिङ राई र सचिव करण राईले राख्नु भएको थियो । बालबालिकाहरुलाई सामुहिक रोचक खेलहरु साथै प्रतिभा प्रस्तुतिका कार्यक्रम राखिएको थियो ।
उत्कृष्टताको आधारमा बिधागत पुरस्कारद्वारा सम्मान गरिएको थियो ।भूटानी शरणार्थी बाल मञ्चले हरेक वर्ष बाल दिवसलाई विशेष प्राथमिकता को साथ कार्यक्रम आयोजना गराउँदै आईरहेको छ । बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासको लागि हरेक शनिबार बालबालिकाहरुलाई भेला गरेर विविध क्रियाकलापहरुमा समावेश गराउदै आईरहेको भूटानी शरणार्थी बाल मञ्चका संयोजक सुमित्रा राईले जानकारी दिनुभयो ।