Sunday, October 6, 2024

मानव धर्म सेवा समिति -अमेरिकाद्वारा २१५ शरणार्थी परिवारलाई राहत वितरण

spot_img

वीरेन मगर, झापा भदौ २८ ।  पूर्वी नेपालको झापास्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा मानव धर्म सेवा समिति-अमेरिकाले एक कार्यक्रम गरि अशक्त शरणार्थी परिवारलाई राहत वितरण गरेको छ । शुक्रबार  भानुभक्त काफ्लेको आर्थिक सहयोगमा मानव धर्म सेवा समितले शरणार्थी शिविरका २१५ अशक्त शरणार्थी परिवारलाई राहत वितरण गरेको हो ।

नेपाल मानव धर्म सेवा समिति-त्रिवेणी शाखाका अध्यक्ष पदम लुङ्गेलीले सहजीकरण गर्नुभएको राहत वितरण कार्यक्रममा  शरणार्थीलाई चामल १५ के.जि, सोयबिन २०० ग्राम र एक पोका खानेतेल वितरण गरिएको थियो । गोलधाप शरणार्थी शिविर C/2 छाप्रा न. ७१ मा बसोबास गरेर करिब चौध वर्ष अगाडि पुनर्वासका लागि अमेरिकका पुगेका भानुभक्त काफ्ले र उनको परिवारले पठाएको नेपाली २०९८००.६० रुपैयाँ बराबरको उक्त राहत वितरण कार्यक्रमको समन्वय पुर्णिसङ तामाङले गर्नु भएको हो ।

कार्यक्रममा भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर सचिव सञ्चहाङ सुब्बाले राहत वितरण कार्यक्रमसँग जोडिएका सबैलाई धन्यवाद दिनु भएको छ । भानुभक्त काफ्लेले छिटो कुराकानीकै भरमा भरोसा गरेर आर्थिक सहयोग गरेकोप्रति खुसी व्यक्त गर्दै सचिव सुब्बाले यसबाट वर्तमान शिविर व्यवस्थापन समिति-बेलडाँगीले निकै विश्वासिलो काम गरिरहेको पुष्टि हुने बताउनु भयो । सुब्बाले समाजसेवी भानुभक्त काफ्लेबाट भएको राहत वितरणले २१५ परिवार शरणार्थीको मुहारमा खुसी छाएको पनि बताउनु भयो ।

हाल भुटानी शरणार्थी शिविर बेलडाँगीमा झण्डै साढे पाँच हजार भुटानीहरू शरणार्थी जीवन बाच्न बाध्य छन् । जस मध्ये अशक्त र अपाङ्गता भएका शरणार्थीका जीवन थप कष्टकर र पीडादायक छन् । तर उनिहरुको अझैसम्म कतैबाट पनि उचित व्यवस्थापन हुन सकिरहेको छैन ।

कार्यक्रमका अध्यक्ष एवं नेपाल मानव धर्म सेवा समिति-त्रिवेणी शाखाका अध्यक्ष पदम लुङ्गेलीले उक्त राहत वितरण कार्यक्रम मानव सेवाको नमुना बन्ने दाबी गर्नु भएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय