Sunday, October 6, 2024

इन्ट्रा कप भलिबल प्रतियोगिताको उद्घाटन कार्य्रक्रमलाई हाउस अफ रिप्रेजेन्टेटिभ डेभिड मेडसन द्वारा सम्बोधन

spot_img

 

पेन्सिलभेनिया । हरेक बर्ष इन्ट्रा फाउण्डेसनले आयोजना गर्दै आईरहेको इन्ट्रा कप भलिबल प्रतियोगिता २०२४ औपचारिक कार्यक्रम सँगै प्रतियोगिताको सुरुवात भएको छ ।

उदघाटन कार्य्रकममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी ,प्रमुख अतिथीमा पेन्सिलभेनिया राज्यका हाउस अफ रिप्रेजेन्टेटिभ डेभिड मेडसन ,नेपाल टेलिभिजनका जेनेरल मेनेजर कुलमान बल तामाङ, नेपाल आर्मीका जर्नल नारायण थापा , गैर्ह नेपाली संघ अमेरिकाको अध्यक्ष अर्जुन बन्झाडे ,स्याङ्जा सहयोगी समाजका अध्यक्ष भुपेन्द्र जङ्ग केसी , भुपेन्द्र नेपाल दिपा दाहाल , गैर्ह नेपाली संघ पेन्सिल्भेनियाका उपाध्यक्ष अभिशेक थापा, डा उत्तम गौले , लगायतका अतिथिहरुको उपस्तिथी रहेको थियो ।

फाउण्डेसनका सचीव गोपाल धितालले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथी डेभिड मेडसन द्वारा कार्यक्रमलाई सम्बोधन गरिएको थियो ।प्रतोगितामा १६ वटा टिमहरु सहभागी भएका छन । यस प्रतियोगिताको फाइनल आउने आईतबार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय