Sunday, October 6, 2024

भुट्निज  कम्युनिटीद्वारा वासिङ्टनमा आयोजित दशैँ तिहार धमका २०२४ गायिका लिला गजमेर ,गायक राजेश पायल राई साथै यम बरालको साथमा हुँदै

spot_img

२७ भदौ ।  अमेरिकाको वासिङ्टन रेन्टनमा भुट्निज  कम्युनिटी रिसोर्स सेन्टर अफ वासिङ्टनको आयोजनामा दशैं तिहार धमका २०२४ हुने भएको छ । फागोको मुख्य प्रायोजन रहेको कार्यक्रम सेप्टेम्बर १९ मा हुने भएको छ । लोकप्रिय गायक राजेश पायल राई , यम बराल र गायिका लिला गजमेरको  प्रस्तुती हुने यस कार्यक्रम दशैं र तिहारको अवसरमा सांगीतिक कार्यक्रम मार्फत सांस्कृतिक महत्व दर्शाउने उदेश्यले यो कार्यक्रमलाई आयोजना गरिएको अध्यक्ष हेम कुमार क्षेत्रीले जानकारी दिनुभएको छ । यस कार्यक्रममा प्रबेश शुल्क ४० डलर राखिएको छ । कार्को थिएटरमा हुने यो कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ ।  यो संस्था सन् २०१० मा स्थापना भएर बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । यस संस्थामा उपाध्यक्ष आई पि ओली, सचीवमा जगत विश्व, सांस्कृतिक संयोजक बिकास लिम्बु, कोषाध्यक्ष भागी विश्व, संचार संयोजक नरेश राई लगायत अन्य पदाधिकारीहरु रहेर अघि सन्चालनमा आईरहेको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय