Saturday, October 5, 2024

नेसन्स लिगमा पोर्चुगसँग स्कटल्यान्ड पराजित

spot_img

२४ भदौ । यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो ।

स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो ।

यो जितसँगै पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भएको छ  । समूह ए मा रहेको पोर्चुगल ६ अङकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय