Saturday, October 5, 2024

एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायाे

spot_img

२३ भदौ । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १–० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।

यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ ।

एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय