Sunday, October 6, 2024

गाई हत्यामा संलग्न ४ जना भुटानी युवा पक्राउ

spot_img

२३ भदौ, झपा । गत भदौं १८ गते राती दमक नगरपालिका २ बस्ने लक्ष्मण बिष्टको गोठमा बाँधी राखेको २ महिनाको गर्भवती गाई चोरी गरी हत्या गर्नेहरुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।

झापा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा यसअघि पनि चोरी,डाकामा कारबाही भएका बेलडागीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने बर्ष ४४ को प्रेम बहादुर बिष्ट, जबर्जस्ती करणी मुद्धामा कारबाही गरिएका भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ब्घ –२०८ बस्ने बर्ष ३८ को खगेन्द्र दुलाल भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एटु– १२० बस्ने बर्ष ३२ को बिधान थापा र दमक नगरपालिका ४ बस्ने बर्ष ४५ की गिता श्रेष्ठ रहेका छन् ।

उनीहरुले गोठ देखी सय मिटर पूर्व तर्फ रहेको खाली प्लटिङमा बन्चरो प्रहार गरि गाई मारेका थिए । गाई मारेर करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भाग मात्र घटना स्थलमा छोडेको अवस्थामा फेला परेको थियो ।

पशुपंक्षी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरुको खोजतलास गरि उक्त घटनामा संलग्नहरुलाई खुकुरी १ थान बन्चरो १ थान र मासु बोक्न प्रयोग गरेको झोला १ थान समेत निज प्रतिबादिहरुको कोठाबाट शुक्रवार कानुन बमोजिम बरामद गरेको र चार जनलाई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
spot_img
सम्बन्धित
थप

लोकप्रिय