Sunday, October 6, 2024

मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनद्वारा शरणार्थी बालबालिकालाई स्वेटर वितरण

spot_img

वीरेन मगर, दमक ।
भदौ २०। मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले झापाको दमकस्थित भुटानी शरणार्थी बालबालिकालाई स्वेटर वितरण गरेको छ । इन्द्र बजगाई र रुथ क्षेत्रीको नेतृत्वमा सन् २०२० मा स्थापना भएको संस्था मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले भुटानी शरणार्थी शिविर बेलडाँगीस्थित बाल विकास केन्द्रमा आज एक कार्यक्रम गरि बालबालिकालाई स्वेटर वितरण गरेको हो ।

शरणार्थी भएकै कारण आयार्जनको स्रोतमा पाहँच नभएका शरणार्थी अभिभावकलाई आफ्ना बालबच्चाको लालनपालनमा ठूलो समस्या  छ । करिब ६ वर्ष अघि दातृ निकायले शरणार्थीलाई दिदै आएको खाद्य समाग्री तथा लत्ताकपडा जस्ता सहयोग कटौती गरेपछि शरणार्थी शिविरका खासगरी साना उमेरका शरणार्थी बालबालिका झन् प्रत्यक्ष मारमा परेका छन् । अमेरिकाको कोलम्बसमा दर्ता भएको मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले बालबालिकाका यही पीडा बुझेर केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको हो ।

फाउन्डेसनका अध्यक्ष इन्द्र बजगाईले मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसन गैर-राजनीतिक एवं गैर- नाफामुखी संस्था भएको र असाहय र विपन्न वर्गका समुदायलाई सहयोग उद्देश्यले  यसको स्थापना भएको बताउनु भयो । यश अघि पनि धेरैलाई दिल खोलेर सहयोग गरिसकेको बताउँदै अध्यक्ष बजगाइले भुट्नीज निउजसँग कुरा गर्दै फाउन्डेसनले शरणार्थीको आवश्यकता हेरेर आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि एवं मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसन- नेपालका अध्यक्ष विजय बजगाईले सहयोगका लागि मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनप्रति आभार व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रमका सभाध्यक्ष एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष तिलक राईले शरणार्थी बालबालिकाको आवश्यकतालाई बुझेर सहयोग गरेकोमा खुसी व्यक्त गर्नु भयो । यश अघि विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न संस्था र व्यक्तलाई सम्झदै अध्यक्ष राईले यस्तो खाले सहयोगले शरणार्थी अभिभावकलाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनु भएको छ । भुट्नीज निउजसँग कुरा गर्दै राईले मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनसँग आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नु भएको छ ।

ग्लोबल भुट्नीज अर्गनाइजेसन (GBO) द्वारा सञ्चालित बाल विकास केन्द्रमा स्थानीय विपन्न समुदाय र शरणार्थी गरी हाल १५३ विद्यार्थी छन् । तर GBO बाहेक बाल विकास केन्द्रमा स्थायी दाता नभएको कारण यसको व्यवस्थापन समस्या हुँदै आएको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय