Monday, October 7, 2024

खानेपानी परियोजनाको उद्दघाटन

spot_img

वीरेन मगर ।  झापाको दमकस्थित भुटान शरणार्थी शिविरमा रहेको खानेपानीको समस्या समाधान गर्न शिविर  व्यवस्थापन समिति र दुम्से खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त रुपमा थालेको खानेपानी परियोजनाको उद्दघाटन भएको छ । शनिबार सेजल एण्ड सिस्टर्स फाउन्डेसनका प्रमुख द्वोय मेघ सुवेदी र योगेस नेपाल, दमक वडा न. ३ का वडा अध्यक्ष नविन बराल र दुम्से खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हिमदल भण्डारीले परियोजनाको संयुक्त रुपमा उद्दघाटन गर्नु भएको हो । दातृ निकायले भुटानी शरणार्थीलाई दिदै आएको सहयोग कटौती गरेसँगै बेलडाँगी शिविरमा खानेपानी समस्या सुरु भएको थियो । भनेको समय र चाहिने मात्रामा धारामा पानी नआउँदा शरणार्थीहरु निकै मारमा परेका थिए । यता स्थानीय सरकार पनि शरणार्थीलाई पानी खुवाउन असमर्थ थिए ।

स्थानीय सरकार एक्लैले शरणार्थीलाई पानी खुवाउन नसकिरहेको अवस्थामा सेजल एण्ड सिस्टर्स फाउन्डेसन र tiktok group ले ने।रू पचास लाख सहयोग गरेपछि उक्त परियोजना अगाडि बढेको हो । सेजल एण्ड सिस्टर्स फाउन्डेसन र tiktok group ले सहयोग गर्ने भएपछि बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बाले मिति २०८१/०१/१० गते वडा अध्यक्षको रोहोवरमा दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग १० बुँदे सहमति गर्नु भएको थियो । आफू निर्वाचित भएसँगै बेलडाँगी शिविरलाई खानेपानीको  समस्याबाट मुक्त गर्न अभियान थालेका सचिव सुब्बाले खानेपानी परियोजनाले दुई समुदायलाई अझ मजबुत ढङ्गले जोडेको महसुस भएको बताउनु भएको छ । सचिव सुब्बाले परियोजनाले बेलडाँगी शरणार्थी शिविरमा देखेको खानेपानीको समस्या पुर्ण रुपमा सामाधान हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

यसैगरी उद्दघाटन कार्यक्रममा प्रमुख अतिथ तथा सेजल एण्ड सिस्टर्स फाउन्डेसनका कार्यकारी प्रमुख मेग सुवेदी पिरयोजना सञ्चाचलन हुन लमगेकोमा खुसी व्यक्त गर्नु भएको छ । आफू परिकल्पनाकार मात्र रहेको बताउँदै सुवेदी सहयोगको सम्पूर्ण श्रेया आफ्ना टिम मेम्बर र tiktok youth group लाई दिनु भयो । सुवेदी आफुहरुले गरेको सहयोग शरणार्थीका लागि मात्रै नभएर दुइवटै समुदायमा मानिसहरुका लागि भएको बताउनु भएको छ ।कार्यक्रममा बेलडाँगी शिविरमा सबैभन्दा पिहला जडान गरिएको पानीको धारासमेत सञ्चालनमा ल्याइएको छ । d/1 छाप्रा न.२२ मा जडान गरिएको धारा आमण्त्रित अतिथिहरुले संयुक्त रुपमा खोलेर सञ्चालनमा ल्यइएको हो ।

उद्दघाटन कार्यक्रममा बोल्दै दमक नगरपालिका वडा न. ३ का वडा अध्यक्ष नवीन बरालले शिविर भित्र पानी पुर्याउन सहयोग गरेकोमा सेजल एण्ड सिस्टर्स फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । शिविरबासी शरणार्थी दाजुभाई र हामी नेपाली नागरिक एउटै हौँ । तर शिविर भित्र खानेपानीको समस्या रहेको जान्दा जान्दै पनि हामीले शिविर भित्र पानी पुर्‍याउन सकेका थिएनौँ । आज शिविर व्यवस्थापन समितिको पहलमा सेजल एण्ड सिस्टर्स फाउन्डेसनको सहयोगमा शिविर भित्र पानी पुर्‍याउन सफल भएका छौँ । यसका लागि सेजल एण्ड सिस्टर्स फाउन्डेसनलाई वडा नं तीनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद भन्न चाहन्छुू बरालले भन्नू भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय