Monday, October 7, 2024

दमक -३ मा बेलडाँगी बजारको शुभारम्भ

spot_img

वीरेन मगर, झापा ।
भदौ १८ ।

पूर्वी नेपालको झापास्थित दमक नगरपालिका वडा न. ३ मा बेलडाँगी बजारको शुभारम्भ गरिएको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उपप्रमुख रेगिना भट्टराईले दिप प्रजलन साथै रिबन काटेर बजार शुभारम्भ गर्नु भएको हो ।

नगरले वडा न. ३ को उत्तरी भेगमा पर्ने जग्गामा वडा, UNHCR र LWF सँगको समन्वय र सहकार्यमा सो बजार स्थापना गरेको हो । सो जग्गा दमक नगरपालिकाले १० वर्षका लागि लिजमा लिएको हो ।कार्यक्रमका प्रमुख अतिथ एवं दमक नगरपालिकाका प्रमुख राम थापाले बेलडाँगी बजार धेरै मिहेनत पश्चात् स्थापना भएको बताउनु भएको छ । नगर प्रमुख थापाले बेलडाँगी  बजार नगरले उपहारको रुपमा ल्यइदिएको र यसको विकासको लागि सबै एक भएर लाग्न जोड दिनु भयो ।

पछिल्लो समय भुटानी शरणार्थीलाई आफै स्वालम्बन बनेर जीविकोपार्जन गर्न उत्प्रेरित गरिरहेको UNHCR र LWF ले बजार लगाउनका लागि शरणार्थी समुदाय र नगर विच समन्वयकारी भुमिका निभाएको थियो । दमक वडा न. २ र ३ साथै आसपासका जनताको व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले लगाइको बजारमा UNHCR र LWF कै पहलमा भुटानी शरणार्थीको उल्लेख्य सहभागीता रहेको छ ।

कार्यक्रममा बोल्दै वडा नं .३ का अडा अध्यक्ष नवीन बरालले बेलडाँगी बजार शरणार्थीकै सुविधाका लागि रहेको बताउनु भयो । अध्यक्ष बरालले नगर र वडाले शरणार्थीका हकहित र सुविधाका लागि विगतमा गरेको प्रयासहरुको स्मरण गर्दै शिविर भित्र व्यवसाय गरेर बस्ने शरणार्थीलाई बजारमै आउन आग्रह गर्नु भएको छ । उहाँले व्यवसाय गर्दा वैधानिक रुपमै गर्न र त्यसका आवश्यक सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय र शरणार्थीको बाक्लो उपस्थिति रहेको थियो । बेलडाँगी बजार दैनिक रुपमा र प्रत्येक हप्ताको मङ्गलबार हाट लाग्ने नगरले जानकारी गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय