Sunday, October 6, 2024

तेस्रो डि.एफ.एफ कप-२०२४ सम्पन्न ।

spot_img

 

अमेरिकाको केन्टोकिमा तेस्रो डि.एफ.एफ कप-२०२४ सम्पन्न भएको छ । ड्यूरेबल फ्रडम फाउन्डेसनले आयोजना गरेको फुटबल प्रतियोगिता ड्यूरेबल फ्रडम फाउन्डेसन कप-२०२४ अगस्ट ३१ बाट सुरु भएर सेप्टेम्बर १ तारिक सम्पन्न भएको हो ।

४५ वर्ष माथीका पुरूष खेलाडीहरु सम्मिलित प्रतियोगितामा सात टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा जर्जिया एटलाण्टा, सिन्सी राइनो र एसुरेन्स इन्सुरेन्स कोल्बस क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रतियोगितामा पहिले हुने टिमले अमेरिकी डलर ६००० (छ हजार) र साथमा ट्रफि, देस्रो हुने टिमले अमेरिकी डलर ४०००(चार हजार) र साथमा ट्रफि र तेस्रो हुने टिमले अमेरिकी डलर २००० ( दुई हजार) र साथम मेडल प्राप्त गरेका छन् ।

नेपाली भाषी समुदायका चर्चित रेफ्रि जितु वस्नेत’काका’ले खेलाडीहरु विच सुरुबाटै मैत्रीपूर्ण वातावरणमा खेल खेलाउनु भएको थियो । जसमा पिटर्सवर्ग पेन्नसिलभेनियले फेयर प्ले टिमको उपाधी जितेको छ भने सेमि फाइनलमा केसर खतिवडा म्यन अफ दि म्याच हुनु भएको थियो । प्रतियोगिताको महत्वपूर्ण खेलाडीको उपाधी सुकमान सहाङ सुब्बाले जित्नु भएको छ भने फाइनल खेलमा लिला मैनाली म्यान अफ दि म्याच हुनु भएको थियो । उहाँहरुलाई डि.एफ.एफ का खेल संयोजक प्रकाश खतिवडाले ट्रफि प्रदान गर्नु भएको थियो ।

खेलको समापन कार्यक्रममा ड्युरेबल फ्रिडम फाउन्डेसनका अध्यक्ष हरि बंगाले सहभागी सबै खेलाडीलाई सम्मान गर्नु भएको थियो । अन्तमा प्रतियोगितामा सहभागी खेलाडीलाई विदाई गर्दै चौथो डि.एफ.एफ कप चाडै घोषणा हुने आयोजकले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय