Sunday, October 6, 2024

शरणार्थी र स्थानीय विपन्न विद्यार्थी बालबालिकालाई पोशाक वितरण

spot_img

 

वीरेन मगर, झापा ।

भदौ १७ ।पुर्वी नेपालको झापास्थित भुटानी शरणार्थी शिविरमा स्कुले विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । भुटानी शरणार्थी शिविर बेलडाँगीमा आइबार एक कार्यक्रम बिच सेजल एण्ड सिस्टर एल.एल.सिले शरणार्थी र स्थानीय समुदायका  गरि करिब एक हजार विपन्न अवस्थाका विद्यार्थी बालबालिकालाई पोशाक वितरण गरेको हो ।

सेजल एण्ड सिस्टर्स एल.एल.सिले भुटानी शरणार्थी र स्थानीय समुदायलाई शिक्षा, स्वास्थ, खानेपानी लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।

पोशाक वितरणको क्रममा दमक नगरपालिका वडा नं ०३ का वडा अध्यक्ष नवीन बरालले सहयोगी संस्थालाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बरालले सेजल एण्ड सिस्टर्सले यसअघि गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा संस्थाबाट थप सहयोग आउने पनि अपेक्षा राख्नु भएको छ ।

यसै गरि कार्यक्रमका मुख्य आकर्षण सेजल एण्ड सिस्टर  एल.एल.सि र सेजल एण्ड सिस्टर्स फाउण्डेसनका कार्यकारी प्रमुख मेघ सुवेदीले विद्यार्थी बालबालिकालाई शिक्षाको महत्व बुझ्न आग्रह गर्नु भएको छ । सुवेदीले शिक्षाको महत्व बुझेर अगाडी बढ्ने विद्यार्थीलाई बर्सेनि सहयोग गर्ने बताउनु भयो । आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै बोलेका सुवेदीले आगामी वर्षदेखी विद्यार्थीलाई पाठ्य सामाग्रीसमेत वितरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । “आफ्नो टिम बिना आफू केही पनि होइन” भन्दै आफ्ना सबै टिम मेम्बरलाई सम्झेका सुवेदीले शरणार्थी शिविर रहुन्जेल शरणार्थी विद्यार्थीलाई निरन्तर सहयोग गरिरहने पनि बताउनु भएको छ ।

कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिका हस्तबाहुलीबाट विद्यार्थी बालबालिकालाई पोशाक प्रदान गरिएको थियो । यसै बिच बाल विकास केन्द्र-बेलडाँगी, चुलाचुली मा.वि र ढुकुरपानी उच्चा मा.विले सहयोगी भावनाको उच्चा मुल्यांकन गर्दै मेघ सुवेदीलाई प्रशंसा-पत्र प्रदान गरेका छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय