Sunday, October 6, 2024

‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को सिजन-२ घोषणा

spot_img

ठूलो धन राशी रहेको अन्तर्राष्टिय रियालिटी शोहरु ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।दोस्रो संस्करणको अडिसनको शुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने आयोजकले जनाएका छन् ।

आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरे । जसअनुसार, विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसनहरु तय गरिएका छन् ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

‘छरिएर रहेका नेपाली मूलका नेपालीहरु बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली जातिका प्रतिभाहरुलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भनेर रियालिटी शोहरु आयोजना गरिएको हो’ अध्यक्ष अधिकारीले भने ।

फाउण्डेसनका अनुसार, दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिक्किममा र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ ।सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि काठमाडौंमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय