Monday, October 7, 2024

सर्बाधिक पुरस्कार धनराशिको रियालिटी शो दोस्रो सिजनको घोषणा गर्दै इन्ट्रा फाउण्डेसन

spot_img

सर्बाधिक पुरस्कार धनराशिको रियालिटी शो दोस्रो सिजनको घोषणा गर्दै इन्ट्रा फाउण्डेसन नेपालको ईतिहासमा नै सर्बाधिक पुरस्कार धनराशिको मेरो भोइस युनिभर्स २०२५ र मेरो डान्स युनिभर्सको २०२५ दोस्रो सिजन यही अगस्ट ३१ मा औपचारिक रुपमा दोस्रो सिजनको घोषणा हुने भएको छ ।

रु १ करोड पुरस्कार राशि रहेको मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स नेपाली अन्य रियालिटी शोहरु भन्दा सर्बाधिक पुरस्कार धनराशि राखिएको रियालिटी शो हो । जसलाई इन्ट्रा फाउण्डेसनले आयोजना गर्दै आईरहेको छ । यो शोले फरक फरक बिधामा प्रदान गरिने पुरस्कार सबैको लागि चासोको बिषय बनेको थियो । अब दोस्रो सिजनमा पुरस्कार रकम कति निराधारण गरिने हो भन्ने कुरा पनि चासोको बिषय पक्कै रहन्छ । इन्ट्रा फाउण्डेसन द्वारा हाल अमेरिकाको ओहायो राज्यको एक्रोनको कोप्ले सकर कम्प्लेक्समा आउने शनिबार दिउसोको एक बजे यो शोहरुको औपचारिक रुपमा घोषणा गरिनेछ । जसमा अध्यक्ष डिल्ली अधिकारी , गायिका अन्जु पन्त , नायक दिलिप रायमाझी , गायिका सुजता बर्मा , मोडल तथा डान्सर शंकर बिसी लगायत अन्य कला क्षेत्रका बिशेष ब्यक्तित्वहरु पार्वती राई , केशब पौडेल , लिला गजमेर , जीवन गुरुङ , बिकास घले , मोन आले , मुस्कान बालम्पाकी , रुपेश उप्रेतीको उपस्तिथी रहनेछ भने अन्य बिशेष आमन्त्रित कलाकारहरुमा चर्चित गायिका मिलन नेवार , अन्जली अधिकारी , खेम सेन्चुरी र राधिका कंडेलको पनि उपस्तिथी रहनेछ

। फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा संसार भरका नेपाली भाषी समुदायहरुलाई कलाको माध्यमबाट जोड्ने उदेश्यले यो शोहरु सन्चालित छन । गएको सस्करणमा अमेरिका , क्यानाडा , बेल्जियम ,थाइल्यान्ड , दुबाही, भारत र नेपाल लगायतका देशहरुबाट सहभागीहरु थिए । आयोजकले सोही देशहरुमा नै पुगेर फिल्ड अडिसन सम्पन्न गरेको थियो । जुन नेपाली रियालिटी शोहरुमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरबाट शो सम्पन्न गर्ने ईतिहास पनि यि शोहरुले रचेको छ । यो शो फेरी निरन्तरता होला कि नहोला भन्ने धेरैको चासो पनि रहेको थियो । यो शोको घोषणा सँगै गायन र नृत्य क्षेत्रका धेरै प्रतिभाहरुले राम्रो अवसर पाउनेछन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय