Monday, October 7, 2024

बिकिन लिम्बू द्वारा पुन: भद्रपुर नगर प्रती अर्धनग्न बिरोध प्रदर्शन

spot_img

सिमोन राइ

२२ भदौ, झापा।  जनता बाट उठाएको कर हिन्दू महिलाहरु लाई दर खान दिएको भन्दै आज झापामा बिकिन लिम्बुको नेतृत्वमा चेतनशील युवा समूह भद्रपुरका युवाहरुले भद्रपुर नगरपालिकाको विरुद्धमा अर्धनग्न बिरोध प्रदर्शन गरिएको छ ।

भद्रपुर नगरपालिका ३ निवासी बिकिन लिम्बुले यस अघी सिहदरबार अगाडी नाङ्गो बिरोध प्रदर्शन गरी चर्चित भएका उनले भद्रपुर नगरपालिकाले हिन्दु महिलाहरुलाई तिजको दर खानको लागी दिएको दुइ लाख रुपैयाको बिरोध गर्दै फेसबुक युट्युबमा भिडीयो मार्फत आएर बिरोध जनाएका थिए।

जनताको कर बाट उठाएको रकम कुनै पनि एक धर्मको चाड बिषेसलाइ मात्र नभई अन्य धर्मको धार्मिक चाडमा पनि सरह खर्च गर्न पाउनु पर्छ।  नभए कुनै पनि एक धर्मको चाडमा गरिएको खर्चलाई हामी मान्दैनौ भनी भिडीयो मार्फत उनले जनाई सकेका थिए।

साथै  भद्रपुर नगरका मेयर जीवन कुमार श्रेष्ठ लाइ  यो रकम नछुट्याउन अनुरोध गरेका थिए। उनको अनुरोधको वास्ता नभएको भन्दै आज बिहान लिम्बुको नेतृत्वमा नगरपालिका विरुद्ध प्रदर्शन गरिएको हो ।

बिरोधको र्याली भद्रपुर बजार हुदै नगरपालिका को कार्यलय जाने क्रममा प्रहरीले बिचमा र्यालीलाई रोकेपछी चर्को नाराबाजी समेत गरिएको थियो।

विरोधमा सानो सानो पोष्टरमा ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर’ ‘जातीय दमन मुर्दाबाद’ ‘पिडीत जनताको करले दर खान पाइदैन’ जस्ता नाराहरु लेखि अर्धनग्न  भएर युवाहरुले बिरोध जनाएका थिए।

नगरपालिका को बिरोधमा चर्को अर्धनग्न बिरोध पछी प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले भद्रपुर नगरपालिकाको ,एयर जिवन कुमार श्रेष्ठ र युवाहरुसंग छलफलको वातावरण मिलाइ दिएका थिए।

लिम्बुसहित युवाहरुले लुगा लगाएर नगर प्रमुख संग आफ्नो गुनासो पोखेपछी नगर प्रमुख श्रेष्ठले दरको लागी मात्र नभई त्यस रकम भित्र बृद्ध चामाहरुलाइ सम्मान, महिला हिँसा बिरुद्ध चेतनामुलक कार्यक्रम आदिको लागी रकम छुट्याइएको कुरा प्रस्ट्याउदै आउने दिनमा कुनै पनि जातजाती, भाषा, धर्मसंष्कृतिको हगेरना स्वरुप रकम छुट्याइ आगामी दिनमा तपाईहरु सगको सहकार्यमा काम गर्ने युवाहरुलाई श्रेष्टले आश्वासन दिलाई सहमतीमा युवाहरुले विरोधलाई रोकेका थिए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय