Monday, October 7, 2024

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक

spot_img

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरेको अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।

तस्बिरमा ती व्यक्तिले नीलो रङ्गको टी–शर्ट लगाएको देखिन्छ । तर अभियुक्तको पहिचान खुल्न बाँकी रहेको र प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको खबरमा उल्लेख छ ।

सीसीटीभी फुटेजमा ती व्यक्ति मुना मृत भेटिएको ठाउँमा अगस्ट २४ को बेलुकी ९ बजेर ४८ मिनेटमा देखिएका छन् । मुनाको शव गएको सोमवार बेलुकी ह्युस्टनमा उनी बस्ने अपार्टमेन्टमा भेटिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय